Friday, May 11, 2018

बहुक्षेत्रीय पोषण कार्यक्रम

कावासोती । विद्यालयका सरोकारवालाहरुको लागि वहुक्षेत्रीय पोषण सम्वन्धी अभिमुखिकरण कार्यक्रम शुक्रबार कावासोती नगरपालिकाको वडा न १७ को त्रिभुवन मा वि ढोकीमा भएको छ ।

कार्यक्रममा कावासोती १७ भित्रका ५ वटै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्ष अभिभावक संघका अध्यक्ष, प्रधानाध्यापक, स्वास्थ्य शिक्षक, स्वास्थ्य फोकल पर्सन, वालक्लवका एकजना छात्र र एकजना छात्र गरी ४० जनाको सहभागिता रहेको थियो ।

त्रिभुवन मा वि ढोकीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी थनेतको अध्यक्षता वडाध्यक्षतामा भएको कार्यक्रममा छविलाल महतो, नगर शिक्षा अधिकृत कृष्णचन्द्र पोख्रेल लगायते बोल्नुभएको थियो ।

कार्यक्रममा स्रोतव्यक्ति हरि प्रसाद सिग्देल प्रशिक्षक रहनु भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal