Friday, May 11, 2018

निवन्ध प्रतियोगितामा रसाइली प्रथम

कावासोती । नेपाल स्काउट नवलपरासीद्वारा आयोजना गरिएको कक्षा ८ सम्म पढ्ने वालवालिकाहरूको समाज तथा विध्यालयमा स्काउटको भुमिका विषयक निवन्ध प्रतियोगितामा शिवमाविका सविना रसाइली प्रथम भएकी छिन् ।

शिवमावि स्रोतकेन्द्रमा भएको कार्यक्रममा नवलपुरका १७ वटा विद्यालयबाट ११ जना छात्रा र ६ जना छात्र गरी १७ जनाको सहभागिता रहेको थियो ।

जिल्ला स्काउटका समन्वय आयुक्त मुकुन्द सुचिकारको अध्यक्षतामा भएको कार्यक्रम नगर शिक्षा अधिकृत कृष्णचन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा त्रिभुवन मावि ढोकीका सुवास महतो द्वितीय र दाउन्नेदेवी मावि बर्दघाटका कृति कुंवर तृतीय र जनक मावि गैडाकोटका समिप पराजुली चौथो भएका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal