Tuesday, May 15, 2018

केन्द्र सरकारसँग प्रदेश १ का अर्थमन्त्रीको आक्रोश स् हामीले भीख माग्नुपर्ने

१ जेठ, विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले केन्द्र सरकारले संघीयताको भावना अनुरुप काम नगर्दा प्रदेश सरकार अप्ठ्यारोमा परेको बताएका छन् ।

केन्दीय सरकार अहिले पनि केन्द्रीकृत मानसिकतामा चलेको भन्दै प्रदेश सरकार स्रोत र साधनको अधिकतम उपयोग गर्नबाट वञ्चित बनेको मन्त्री आङ्बोकोे भनाइ थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालय विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गदै मन्त्री आङ्बोले केन्द्र सरकारका अर्थमन्त्रीप्रति इकित गदै भने’ प्रदेश सरकारले पाउने बजेट दिन केन्द्र सरकार किन कञ्जुस्याईं गर्छ, हामीले प्रदेशको अधिकारका लागि भिख माग्नुपर्ने रु’

प्रदेशका आर्थिक मामिला मन्त्रीहरुलाई अर्थ मन्त्री युवराज खतिवडाले काठमाडौमा आयोजना गरेको छलफलमा सहभागी भएर फर्केपछि केन्द्र सरकारप्रति मन्त्री आङ्म्बो आक्रोशित बनेका हुन् ।

उनले केन्द्र सरकारले संविधानको मर्म अनुसार प्रदेश सरकारलाई अधिकार नदिँदा बजेट कार्यान्वयनमा समस्या आएको बताए ।
उनले राजनीतिक दलका नेता र केही कर्मचारी संघीयता कार्यान्वयनमा वाधक बनिरहेको समेत पत्रकार सम्मेलनमा बताएका थिए ।


Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal