पार्टी एकताबारे नकारात्मक प्रचार शुरु भएपछि ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान छलफल भएको हो ।
भेटमा पार्टी एकता सकेसम्म एक साताभित्रै टुंगो लगाउन दुवै नेता सहमत भएको स्रोतले जनाएको छ ।
पार्टी एकीकरण प्रक्रियाबारे नकारात्मक प्रचारबाजी भइरहे पनि बाहिर आएजस्तो कुनै खटपट नरहेको एमाले महासचिव तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए । उनले शीर्ष नेताहरुको व्यस्तता र भारतीय प्रधानमन्त्रीको भ्रमणमा केन्द्रित हुनुपरेकाले गृहकार्य हुन बाँकी रहेको बताए ।एकता संयोजन समितिको बैठक विहिबार विहान १० बजेका लागि बोलाइएको हो । पार्टी एकताका सम्बन्धमा दुई नेताबीच भएको कार्य प्रगतिका विषयमा छलफल गरी आवश्यक निर्णय लिन बिहीबार बैठक बोलाउने निर्णय गरिएको नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।
माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी एकताका लागि आवश्यक निर्णय लिन बिहीबार विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको बताए ।

Post a Comment