Wednesday, May 16, 2018
वैज्ञानिक वन व्यवस्थापनमा संचार हाईटेकको प्रयोग
गोपी ज्ञवाली
नवलपरासी। नवलपरासीका बन क्षेत्रमा अहिले सामान्य रुपमा हेर्ने हो भने जताततै काँचा सालका रुखहरु काटिएका भेटिन्छन ।
हरिया सालका काटिएका रुखका हजारौं गुलियाहरु बन क्षेत्रमा राखेको सहजै देख्न सकिन्छ । यसरी जताततै राखिएको सामान्य रुपमा हिसाब राख्न पनि सजिलो कुरा होईन ।
सामान्य रुपमा देख्ने कतिपय मानिसहरुले सालका गोलीयाको हिनाविना पनि भएको हुन सक्ने आशंका समेत गर्ने गरेका छन । तर जिल्ला बन कार्यालय नवलपरासीले भने यी वन कार्यालयद्वारा रुख एवं गोलियाको संख्या र अवश्थाको निगरानीका लागि संचारको हाईटेक प्रयोग गरी पारदर्शीतको उदाहरण नै पेश गरेको छ ।
बैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना अन्र्तगत काटिएका रुख, ती रुखबाट बनाईएका गोलिया एवं काटन तयार राखीएका सबै रुखहरुको अनुगमनका लागि जिल्ला बन कार्यालय नवलपरसीले आधुनिक संचार टेक्नलोजीको प्रयोग गरि अनलाईन ट्रेकिङ सिस्टमबाट अनुगमन गर्ने ब्यवस्था मिलाईएको नवलपरासीका जिल्ला वन आधिकृत विजय राज सुवेदीले बताए ।
अधिकृत सुवेदीको अनुसार बैज्ञानिक बन ब्यवस्थापन अन्तर्गत उमेर पुगेका वा अनावश्यक आकारका हजारौ हरिया रुखहरुको कटानी हुने भए पछि काटिने रुखहरु, ती रुखहरुबाट निस्कने काठका गोलिया एवं यसमा संलग्न कर्मचारी एवं अन्य जनशक्तिको संख्या र अवश्था बारे मोबाईलमा लगाईएको जिपीएस सिस्टम मार्फत जिल्ला बन कार्यालय परासीमा बसेर अनलाईन मार्फत अनुगमन गर्न सकिने व्यवस्था मिलाईएको छ ।
बैज्ञानिक बन ब्यवस्थापनका क्रममा ब्यावस्थित अनुगमनका लागि जिपीएस सिस्टम जडान गरी आधुनिक प्रविधि सहितको जनशिक्ति परिचालन गरिएको परिचालन गरिएको छ ।
नवलपरासीका १५ वटा ईलाका बन कार्यालयलाई एक एक, ३ वटा सेक्टर बन कार्यालयलाई एक एक, शसस्त्र बन रक्षकहरुलाई ३ वटा र बन कार्यलयका २ वटा टूकमा २ गरि जम्मा २३ वटा आधुनकि मोबाईलमा जिपीएस सिस्टम जडान गरि कर्मचारीलाई वितरण गरि परिचालन गरिएको जिल्ला वनले जनाएको छ । नयां प्रविधि जडान गरिएका यी मोबाईल प्रत्येक ईलाकाको बन क्षेत्रमा रुख कटान हुदा वा गोलीया बनाउदा जिपीएस सिस्टम सहितका कर्मचारी खटिन्छन । त्यो क्षेत्रमा कटान गरिने वा कटान गरिएका रुख एवं गोलियाको संख्याको डाटा तत्काल अपलोड गर्नु पर्ने जिल्ला वनको निर्देशन रहेको बताईएको छ ।
यी जिपीएस सिस्टम जडान गरेका मोबाईल कति खेर कहां जान्छन भन्ने सम्मको विवरण जिल्ला बन कार्यालयमा नै बसेर हेर्न सकिने भए पछि काममा पारदर्शीता, डाटा संकलनमा सहजता र सुशासन कायम हुनेमा कुनै शंकागर्न नपर्ने अवश्था बनेको छ । जिल्ला वन कार्यालयका दुई वटा टूकका चालकहरुलाई नै जिपीएस सीस्टम जडित मोबाईल दिईएको छ र जिल्ला कार्यालयको आदेश विना ती मोबाईल बन्द गर्न नपाईने ब्यवस्था मिलाईएको छ ।
वनका गाडीहरु कति खेर कहां पुगे, कति काठ लोड गरेर कहां पु¥यायो भन्ने सम्मको विवरण जिल्ला वन कार्यालय परासीबाट नै हर्न सकिने व्यवस्था गरिएको छ । वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत कुन क्षेत्रमा कति रुखहरु कटान गरिने छ र कति रुखहरु मदर ट्रीको रुपमा राखिदै छ भन्ने कुरा वन कार्यालयका प्राविधीक टोलीले पहिला नै तथ्यांक तयार पारे पछि मात्र सामुदायिक बनका सदस्य वा कर्मचारी बनमा काम शुरु गर्ने गर्दछन ।
ती सबै रुखहरुको डाटा मोबाईलको जिपीएस सीस्टम मार्फत बन क्षेत्रबाट नै जिल्ला बन कार्यालयमा पठाईन्छ । बन क्षेत्रबाट यसरी रखीएको डाटा गोप्य पासवर्ड मार्फत जिल्ला बन कार्यालयमा हेर्न सकिन ब्यावस्था मिलाईएको जिल्ला बन कार्यालयका सुचना अधिकृत भिम बहादुर पौडेलले बताए।
आवश्यक परेको खण्डमा जिल्ला बन कार्यालयले लिंक जोडदिए पछि यो तथ्याँक क्षेत्रिय बन कार्यालय वा बन विभागले सजिलैसंग हेर्न सकिने गरि टेक्नलोजीको प्रयोग गरिएको बताइएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment