बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले नाफा कमाउनकै लागि गलत ठाउँमा लगानी नगर्न बैंकहरूलाई चेतावनी दिएका छन् । बैंकहरूले गलत ठाउँमा लगानी विस्तार गर्दा खराब कर्जाको अनुपात बढ्ने भन्दै त्यस्तो गतिविधि रोक्न राष्ट्र बैंकले शूक्ष्म निगरानी बढाएकोसमेत उल्लेख गरे ।केही बाणिज्य बैंकमा पवर्द्धकले बैंकको व्यवस्थापनमा बसेर नाफा कमाउनका लागि गलत ठाउँमासमेत लगानी गर्ने प्रमुख कार्यकारी अधिकृत (सिइओलाई० दबाब दिने गरेको सूचना आफूलाई आएको उनले बताए । केही बैंकमा नाफा खोज्ने प्रवर्द्धकहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले बैंक व्यवसाय भन्दा बढी सेवामूलक भएकाले विशुद्ध नाफामात्रै खोज्न नहुने बताए ।
केही व्यक्ति बोर्डमा बसेर अनुचित काम गर्न उक्साउने गरेको बताउँदै उनले भने, ‘राष्ट्र बैंकलाई बोर्डमा बसेकालाई पनि कारवाही गर्ने अधिकार छ,’ बैंकहरू सच्चिन जरुरी भएको भन्दै कारवाहीका लागि आफूलाई बाध्य नपार्न चेतावनी दिए ।साथै प्रबर्द्धकहरूले बैंकबाट ऋण खोज्ने भन्दा पनि बैंकले कस्तो ठाउँमा लगानी गर्यो भनेर चासो बढाउनु पर्ने गभर्नर नेपालले बताए ।
मेगा र टुरीजम डेभलपमेन्ट बैंकको एकिकृत कारोबार सुभारम्भ समारोहमा बोल्दै उनले जनताको पैसा बचाउने जिम्मेवारी सीईओको भएकाले सीईओलाई सचेत हुन आग्रह गरे । कर्मचारी भर्नामा पनि स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने गभर्नर नेपालले बताए ।
मेगा बैंकका अध्यक्ष डा। पुष्प कँडेलले बैकको व्यवस्थापन समितिमा रहेकाहरूले गलत ठाउँमा ऋण दिन दबाब दिँदा सीईओले रोक्नुपर्ने बताए ।
(अनलाइनखबर)
Post a Comment