विशेषगरि, शेयर बाँडफाँडको मुद्दालाई उठाएर चलचित्र निर्माता संघले आन्दोलन गर्ने चेतावनी दिएको थियो । सहमती अनुसार अब, सिंगल थिएटरमा चलचित्र प्रदर्शनको पुरा अवधीको शेयर निर्माता र प्रदर्शकले ५०-५० प्रतिशतमा पाउनेछन् ।
तर, मल्टिप्लेक्समा भने केही फरक सहमती गरिएको छ । अहिले मल्टिप्लेक्स हलमा चलचित्र रिलिज भएको पहिलो साता निर्माताले ५० प्रतिशत, दोश्रो साता ४२, तेश्रो साता ३७ र चौथो सातादेखि ३० प्रतिशत शेयर पाउँदै आएका थिए ।
अब भने, मल्टिप्लेक्समा निर्माताले पहिलो सातामा ५०, दोश्रो सातामा ४५, तेश्रो सातामा ४० र चौथो सातादेखि ३५ प्रतिशत शेयर पाउनेछन् । साथै, अबदेखि हलमा १५ दिनसम्म ट्रेलर बजाएको रकम निर्मातासँग हलवालाले लिन पाउने छैनन् । यस्तै, हलमा पोष्टर, स्ट्यान्डी राखेको पैसा पनि निर्मातासँग असुल्न नपाउने सहमती भएको छ । यस्तै, सहमती अनुसार अबदेखि हलमा पासको व्यवस्था गर्दा निर्मातासँग सल्लाहा गरेर मात्र हल संचालकले पास दिन पाउनेछन् ।
चलचित्र संघसँग सहमती भएपछि निर्माता संघले जेठ १ गतेबाट गर्ने भनेको आन्दोलन पनि स्थगित भएको छ ।
(अनलाइनखबर)

Post a Comment