Saturday, April 30, 2016

प्रतिक्षालयमा आगलागी

नवलपरासी, १८ बैशाख ।
नवलपरासीको कावासोती नगरपालिका ३ अठ्ठाईसबिगाहामा रहेको जनविकास बिद्याआश्रममा निम्न माध्यामिक रहको प्रतिक्षालयमा आज अपराहन्न आगलागि भएको छ ।
स्थानीयका अनुसार अपराहन्नको समयमा बिद्यँलय प्राङगणमा रहेको प्रतिक्षालयमा आगलागी भएको हो । लागुपदार्थ सेवन गर्ने युवाहरुले प्रतिक्षालयमा बसी लागु पदार्थ (गाजा ) सेवन गरी आगो लगाएको हुन सक्ने स्थानियले बताएका छन ।
आगलागीबाट खरले छाएको प्रतिक्षालयको छानो जलेर नष्ट भएको छ । समयमा नै आगो नियन्त्रणमा लिईएकोले ठूलो क्षति भने हुन नपाएको स्थानीयले बताएको छ । आगो कावासोती नगरपालिकाको दमकल र स्थानीयको संक्रियतामा नियन्त्रणमा आएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal