बर्दघाट, १८ बैशाख । नवलपरासीको बर्दघाट नगरपालिकाको आयोजनामा बर्दघाट –४ दिब्यनगर र शान्तिनगरमा टोल सुधार समिति गठन गरिएको छ ।
नगरक्षेत्रका सबै टोलहरुलाई विकास निर्माण एंवम् सुधारमा जोडना लागि नगरपालिकाले टोल सुधार समितिलाई जोड दिदै आएको छ ।
शनिवार नव दिब्यज्योति प्राबिको प्रांगणमा भएको टोलवासीहरुले भेलाले लक्ष्मण योगीको अध्यक्षतामा १७ सदस्सीय दिब्यनगर टोल सुधार समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा जानुका उपाध्याय सचिवमा शेषकान्त पौडेल सहसचिवमा दुर्गा हमाल र कोषाध्यक्षमा धुब्रकुमारी सापकोटा चयन हुनुभएकोछ ।
त्यस्तै ५ सदस्सीय सल्लाहकार समितिमा रामचन्द्र अधिकारी बोल्गा नेपाल, रवि पाण्डे, हरिप्रसाद न्यौपानेलगायत चयन हुनुभएको बर्दघाट नगरपालिकाका सहजकर्ता उषा पञ्जियारले जानकारी दिनुभयो ।
त्यसैगरी शान्तिनगर टोल सुधार समिति बर्दघाटको भेलाले सोबिर पुनको अध्यक्षतामा १५ सदस्सीय टोल सुधार समिति गठन गरेकोछ । समितिको उपाध्यक्षमा शालिकराम पाण्डे सचिवमा निर्मला भण्डारी कोषाध्यक्षमा राधा अर्याल चयन हुनुभएकोछ ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment