Tuesday, April 12, 2016

दुर्घटनामा एक जनाको मृत्यु

रामकुमार श्रेष्ठ
नवलपरासी, ३० चैत्र । नवलपरासीको पूर्वपश्चिम लोकमार्ग अन्तरगत दुम्किबास ५ दाउन्ने डांडाको घिउ खोला नजिक आज दिउसो भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउंदै गरेको भारतीय नम्बर प्लेटको एच आर ५५ एम ८८ ६७ नम्बरको ग्याँस बुलेट पल्टिएको हो।
दुर्घटनामा परी ट्कमा रहेका एक जना भारतीय नागरिकको ज्यान गएको छ । त्यस्तै एक जना घाइते भएका छन् । मृतकको अझै सनाखत हुन सकेको छैन ।
ग्यांस बुलेट सडकमै पल्टिएका कारण सडक अवरुद्ध भएको र अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal