Tuesday, April 12, 2016
नवलपरासीमा आगलागीको घटना बढ्यो . ......गुठीप्रसौनीमा आगलागीबाट ६ वटा घरमा क्षती
नवलपरासी, ३० चैत्र । लामो खडेर र तातो हावाका कारण नवलपरासीमा आगलागीका घटना बढ्न थालेका छन् ।
पछिल्लो एक साता यता नवलपरासीमा दिनहुँ जसो आगलागीका घटनाहरु हुने गरेको छ ।
नवलपरासीको दक्षिणी सीमावर्ती गाविस गूठी परसौनी ३ कठहवा गाउंमा मगलबार विहान आगलागी भएको छ ।
आगलागीमा करीब ५ लाखको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
मंगलबार विहान करिब ८ बजे भएको सो आगलागीमा २ वटा टेक्टर, १ वटा मोटरसाइकलमा क्षति पुगेको छ।
ल्यापटप, साइकल, खाद्यान्न र लत्ताकपडा सहित ३ वटा घरगोठ जलेर नष्ट भएको छ । स्थानीय गोबरी मियाको चुल्होबाट सल्केको आगोले छिमेकी आंशिक अली, मुमताज अली, निजामुद्दिन अली, सराजुद्दिन अली र मोमताज अली समेतको घरमा आगो सल्केको थियो । आगलागीले लु १ त २५६० र लु १ त १६०२ नं. को २ वटा टेक्टर तथा युपी ५६ बी ३५२७ नं. को भारतीय मोटरसाइकल गरी ४ लाख ८० हजार बराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
आगो निभाउनका लागि दमकल समयमा आउन नसकेको अवस्थामा स्थानीय र सीमा सुरक्षा बल गूठी परसौनीका सशस्त्र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा आएको हो।
केही दिनअघि मात्रै यसै गाविसको वडा नं. ५ मा भएको आगलागीबाट ठुलो क्षति भएको थियो ।
त्यसैगरी नवलपरासीको कावासोती नगरपालिका ३ फिलिमहल चोकमा रहेको ग्याँस बेल्टि∙ पसलमा ओल्डि∙ गर्ने क्रममा उछुट्टिएको झिल्काले दुई जना घाइते भएका छन् ।
पसलमा ना ५ ख ९२ ४५ नम्बरको टकमा ओल्डि∙ गर्ने क्रममा निक्केको छिल्लाले डिजल ट्याक्की सल्केर आगो लाग्दा दुई जना घाइते भएका हुन् ।
चालक देवचुली ८ निवासी गणेश न्यौपाने र सह चालक अनिल क्षेत्रीको अनुहारको भाग जलेको छ ।
उनीहरुको कालीगण्डकी अस्पतालमा उपचार भईरहेको छ ।
त्यस्तै आईतवार दिउँसो लागेको आगलागी हुंदा रामग्राम नगरपालिका–१ मंगलनगरका जंगबहादुर हरिजनको घर गोठ जलेर नष्ट भएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment