Saturday, April 9, 2016

मगर संघको अन्तरक्रिया

कावासोती, २७ चैत्र।
नवलपरासीको कावासोतीमा नेपाल मगर संघ कावासोती नगर समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रममा युवाहरुले केही सिप सिकेर अगाडि बड्नु पर्ने र युवाहरुको सहयोग विना समाजमा कुनै पनि किसिमको विकास हुन नसक्नेमा सरोकारवालाहरुले वताएका छन ।
नेपाल मगर युवा संघ नगर समिति कावासोतीका अध्यक्ष कृष्णबहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला सचिव ईन्द्रबहादुर फाल मगर, धनबहादुर मास्की, दुर्गाबहादुर राना, नरबहादुर ठाडा, देवीसरा पुलामी, बाबुराम राना मगर लगायतले बोलेका थिए।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal