Sunday, April 17, 2016

सांस्कृतिक महोत्सवको तयारी पुरा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुहुने

कावासोती, ५ बैशाख । नवलपरासीको प्रगतिनगरमा भोलिदेखि हुने सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ ।
मेलाको भोलि नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुहुने भएको छ ।
गत बैशााख १२ गते गएको महाभुकम्पले भत्किएको धरहराको प्रतिक निर्माण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सव भोलिदेखि बैशाख १४ गते सम्म सञ्चालन हुने छ । महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
महोत्सवमा राष्टिय स्तरको भजनकृतन प्रतियोगिता, पत्रकारहरुबीच पानी पिउने प्रतियोगितका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुने छ ।
त्यसैगरी महोत्सवमा दुई सय वटा व्यापारीक तथा धार्मिक स्टलहरु रहेन समेत जनाइएको छ ।
त्यसैगरी महोत्सवमा बालबालिकाहरुका लागि बाल उद्यन लगायतका आकर्षणहरु पनि रहने मेला आयोजक समितिका संयोजक बन्धुराज खनालले बताउनुभयो ।
महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal