कावासोती, ५ चैत्र । विद्यार्थीलाई बस भाडामा दिइने ४५ प्रतिशत छुट कार्यान्वयन गर्न कावासोतीका विद्यार्थीहरुले माग गरेका छन्।
अनेरास्ववियु मध्यविन्दु बहुमुखी क्याम्पस कमिटिले आज विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
अध्यक्ष कमल चापागाईद्धारा जारी विज्ञप्तिमा विद्यार्थीहरुलाई दिइने बस भाडा छुट नदिइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै बस भाडा छुट माग्दा बसमा विद्यार्थीहरुमाथि दुव्र्यवहार गर्ने, अपशब्द बोल्ने गरेको समेत विज्ञप्तिमा जनाइएको छ । बस भाडा छुट कार्यान्वयनमा नल्याइए कडा आन्दोलनमा उत्रिने चुनौती दिइएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment