Friday, April 22, 2016

डेढगाउंमा चैते पूर्णिमा मेला शुरु

नवलपरासी, १० बैशाख ।
चैते पुणिमाको अवसरमा नवलपरासीको डेढगाउंको अकलादेवी मन्दिर तथा अकला गुफा संरक्षण समितिको आयोजनामा चैते पूर्णिमा मेला आज डेडगाउँमा शुरु भएको छ।
आजको मेलामा सदाको वर्ष झै राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको वेजोड प्रस्तुति रहने छ ।
राष्ट्रिय कलाकार नायक शितल के.सी, गायिका सम्झना लामिछाने, रामजी नेपाली, विष्णु त्रिपाली, रमेशराज भट्टराई, जीवन भट्टराई, नारायण वि.सी., वालचन्द्र बराल, किसान कुवँर लगायत स्थानीय कलाकारको प्रस्तुति रहेको छ ।
आजको मेलामा इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले उदघाटन गर्नुभएको छ ।
भोलिदेखि खुल्ला भलिबल प्रतियोगिता १३ गतेसम्म हुने जनाइएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal