दयाराम आचार्य
कावासोती, २७ चैत्र । नवलपरासीको जौवारी गाविसको वडा नम्बर ५ र ६ का स्थानीय जौवारी खानेपानी योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
जौवारीमा खानेपानी वितरणको लागि स्थापना भएको जौवारी खानेपानी योजना चैत्र भित्रमा निर्माण सम्पन्न हुन लागेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका रामजी भुजेलले बताए।
योजना निर्माण सम्पन्न भएपछि जौवारी गाविस वडा नम्बर ५ र ६ राईकोटका करिब १ सय ५० घर परीवार लाभान्वित हुने छन् ।
धौवादी गाविसको कान्छी पधेंरोमा यस योजनाको मुख्य मुहान रहेको र योजना अन्र्तगत धारा, पाईप लाईन र ईन्टेक निर्माण कार्य सम्पन्न भईसकेको र एउटा १० घन मिटरको टयांकी मात्र निर्माण गर्न बांकीरहेको भुजेलले बताए।
यस अघि जिल्ला विकास मातहत रहेर फिनीडा मार्फत पानी वितरण हुदै आएकोमा सो योजनाको मुहान सुक्दै गएको र जनसंख्या बृद्धि हुदै गएको कारण उक्त योजनामार्फत् पानी अप्रयाप्त भएकाले नयाँ योजना अन्र्तगत त्यस क्षेत्रमा पानी वितरण गर्न लागिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका ईन्जिनिएर शेषकान्त पाण्डेले बताए।
जौवारी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत ११ वटा साना साना योजना मध्ये अहिले जौवारीको ५ र ६ नम्बरमा शुद्ध पिउने पानी वितरणको लागि निर्माणको अन्तिम चरणमा रहेको योजना १ नम्बर योजना रहेको पाण्डेले बताए।
यो योजना ७ बर्ष पहिला सर्भे सम्पन्न भएको र त्यति बेला २२ लाखको लागतको अनुमान गरिएकोमा अहिलेको अवस्था अनुसार योजना सम्पन्न गर्नको लागि करिब ४० लाख लागत लाग्ने अनुमान गरिएको समेत उनले बताए।
जौवारी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत जौवारी गाविसको १, २ र ३ नम्वर लगायतका वडामा गरी ९ वटा योजना सम्पन्न भएको र अब ५, ६ ,७ र ८ नम्बर वडामा गरी २ वटा योजना मात्र बाँकी रहेको छ। पहिला योजना रहेको स्थानको मुहान सुक्दै गएको, धारामा कम मात्रामा पानी आउने गरेकोले लामो समयसम्म पानी भर्न धारामा कुर्नु पर्ने अवस्था रहेको जौवारी ६ राईकोटका ओमन राईले बताए।
यस्तै चैतदेखि जेठ महिनासम्म प्रयाप्त पानी उपभोग गर्न नपाएकोमा नयाँ योजना सम्पन्न भएसंगै आफूहरुले प्रयाप्त पानी उपभोग गर्न पाउने आशा पलाएको राईले बताए।
योजना निर्माणको अन्तिम चरणमा पुगेसंगै यहांका बासिन्दामा उत्साहा छाएको छ। उनीहरुले शुद्ध पिउनेपानी पिउने पानी भएपछि उत्साहित भएका हुन्।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment