ज्ञानु पंगेनी
कावासोती, २७ चैत्र । १३ बर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने अभियुक्तहरु पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग गर्दै शनिबार कावासोतीमा सयौंको संख्यामा महिलाहरुले प्रदर्शन गरेका छन् ।

घटनाको १० दिन वितिसक्दा पनी दोषी पक्राउ पर्न नसकेपछि महिलाहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले कावासोतीमा र्यालीका साथै धर्ना दिएका छन् । केही बेर उनीहरुले सडक अवरुद्ध समेत गरेका थिए।

संयुक्त संघर्ष समिति बनाएर आन्दोलनमै उत्रिएका महिलाहरुले कावासोतीको फलफूल चोकदेखि र्याली निकालेर कावासोती नगरपरिक्रममा गरेका थिए। बलात्कारीलाई कारवाही गर, पीडित बालिकाको निःशुल्क उपचारको व्यवस्था गर, अन्धो काचाहिदैन, बालअधिकार सुनिश्चित गर जस्ता विरोधका नारा र प्ले कार्ड सहित नगरपरिक्रमा गरी इलाका प्रहरी कार्यालय नवलपुर अगाडि कोणसभा गरेका थिए । कोणसभापछि २ घण्टासम्म धर्ना समेत दिएका छन ।
छिट्टोभन्दा छिट्टो दोषीलाई पक्राउ गरी कारवाही नगरे थप सशक्त आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।

चैत्र १८ गते विहिवार साझ १३ बर्षीया बालिकालाई ३ जना युवाहरुले सामुहिक बलात्कार गरेका थिए। घटनापछि दोषी फरार रहेका छन्।

Post a Comment