गोपी ज्ञवाली
नवलपरासी, २७ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले मधेषका मांगहरुको वेवास्ता गरे बैशाख पहिलो सातादेखि सिंहदरबार केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मधेश जागरण कार्यक्रम अन्तर्गत शनिवार नवलपरासीको सदरमुकाम परासी आइपुगेका अध्यक्ष महतोले पत्रकार सम्मेलनमा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।
परासीमा भएको पत्रकार पत्रकार सम्मेलनमा नेता महतोले विगतमा गरिएको नाकाबन्दीको कार्यक्रम असफल भएकोले स्वीकार गर्दै आगामी दिनमा गरिने आन्दोलन मधेशकेन्द्रित मात्र नभएर सिंहदरबार केन्द्रित हुने बताए।
मधेष आन्दोलनले मधेषका जनतालाई मात्र बढी समस्या पर्दा शाषकवर्गले आफ्नो माग सुनुवाई नगरेको भन्दै अव गरिने आन्दोलन शासक वर्गलाई पनि असर पार्ने खालको गरिने बताए ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment