रामकुमार श्रेष्ठ
नवलपरासी, ११ बैशाख। बैशाख १२ गते महाविनाशकारी महाभुकम्प गएको एक बर्ष पुग्दैछ । गत बैशाख १२ गते गएको भुकम्पबाट पीडितभएकाहरुको व्यथा भने अझै पनि उस्तै छ । राज्यले भुकम्पबाट घर भत्किएकाहरुलाई घर निर्माणका लागि ऋण सहयोग गर्ने जनाएपनि पीडित परिवारले अझै ऋण सहयोग पाउन सकेका छैनन् ।
नवलपरासीमा भुकम्पले एक जनाको ज्यान गएको थियो भने ३ हजार घरमा क्षतिपूगेको थियो । सबैभन्दा बढी नवलपरासीको देवचुलीको कृतिपुर, देउरालीको रुम्से, धौवादीको पोखरी लगायतका क्षेत्रमा क्षति पुगेको थियो ।
धौवादी ३ पोखरीका चन्द्रबहादुर सारुले आफूले एक पटक १५ हजार क्षतिपूर्ति पाएको र त्यस पछि राज्यबाट कुनै सहयोग नपाएको बताए । पोखरीमा मात्रै ८ घरमा क्षति पुगेको थियो । ८ घर मध्ये एक जनाले घर पुननिर्माण गरेपनि अझे ७ घरले यहाँ घर पुननिर्माण गर्न सकेका छैनन् । उनीहरु भत्केकै घरमा बस्न बाध्य भएका छन् ।
सारुले भने – अब बर्षा लाग्दैछ, कसरी बस्ने टुंगो छैन ।
त्यस्तै धौवादी ३ पोखरीकै अन्नबहादुर रानाले सरकारले घर बनाउने दिने ऋण सहयोग लिनका लागि बैंक खाता खोलन दुई पटक परासी गएपनि कहिले के पुगेन त कहिले के पुगेन भनेर फर्किन परेको र खातासम्म खोल्न नपाएको बताए। उनले आफूहरुले कागजी भाषा केही नजान्ने भएकोले साह्रै दुःख पाएको बताए ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment