पप्पु रेग्मी
नवलपरासी, १७ बैशाख ।
नवलपरासीको दाउन्नेदेवी गाविसको बरुवा खोलामा पुल बन्ने भएपछि स्थानीय हर्सित भएका छन् । दाउन्ने देवी गाविसको वडा नं ७ र रुपौलया गाविसको वडा नं ३ जोडने बरुवा खोलामा पुल बन्ने भएपछि स्थानीयमा खुसी छाएको हो ।
वर्सातको समयमा खोलामा बाढी आउने हुदाँ उक्त खोलामा पक्की पुल नहुदाँ त्यहाँका स्थानीयबासीले जोखिमपूर्ण यात्रा गर्नु पर्ने भएको थियो । दैनिक २ सयको हाराहारीमा सवारीसाधन तथा मानिसहरुको आवातजावत हुने उक्त पुल केही समय जिर्ण बन्दै गरेको थियो ।
बासको अस्थायी पुल बनाएर वारपार गर्नु पर्ने बाध्यता भएको अहिले पुल निर्माण हुने कुरा थाहा पाए पछि आफूमा खुसीयाली छाएको स्थानीय प्रकास रायमाझीले बताउनुभयो। उक्त पुल निर्माण गर्नका लागि जिल्ला विकास समितिबाट १२ लाख रुपैया उपलब्ध गराइने भएको हो ।
सो पुलको क्षेत्र नं ५ का माननीय सांसद बिक्रम खनालद्धारा शिलान्यास भएको र पुल बनाउन यसै आर्थिक वर्षबाट सुरु हुने नेपाली कांग्रेस दाउन्ने देवी ईकाइ समितिका सभापति दामोदर जिसीले बताउनुभयो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment