Friday, April 29, 2016

जनज्याति सांस्कृतिक मेला सकियो

कावासोती, १७ बैशाख। नवलपरासीको देवचुली नगरपालिकाको प्रगतिनगरमा भएको जनज्याति सांस्कृतिक मेला शुक्रबार सकिएको छ ।
बैशाख ६ गतेदेखि शुरु भएको मेला १२ औं दिन शुक्रबार समापन गरिएको हो। प्रगतिनगरको जनज्याति उच्च माविले ५० बर्ष पार गरेको अवसरमा समेत जोडेर आयोजना गरिएको मेलाबाट जुटेको सहयोग महाभुकम्पबाट भत्किएको धरहराको प्रतिमूर्ति स्थापना गरि विद्यालयलाई हस्तान्तरण गरिने छ ।
मेलामा राष्टिय स्तरको भजन चुट्का प्रतियोगिता, विद्यालय स्तरको सांस्कृतिक प्रतियोगिता, एकल तथा सामुहिक सांस्कृतिक प्रतियोगिता, पत्रकारहरुबीच पानी पिउने प्रतियोगिता लगायतका प्रतियोगिता आयोजना गरिएको थियो । मेलामा व्यापारिकका साथै धार्मिक स्थलहरु समेत रहेका थिए।
मेलाका विभिन्न प्रतिप्रर्धामा विजयी हुनेहरुलाई शुक्रबार नै पुरस्कार वितरण गरिएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal