Friday, April 22, 2016

धौवादीको मुढाबासदेखि नरमको माझडांडासम्म मोटरबाटो निर्माण

रामकुमार श्रेष्ठ
नवलपरासी, १० बैशाख ।
नवलपरासीको धौवादी ३ मुढाबासदेखि नरम ६ माझडांडा नयाँ बाटो निर्माण भएको छ।
मुढाबासदेखि माझडांडासम्म ७ किलोमिटर नयां मोटरबाटो निर्माण यस बर्ष भएको नारायणी–काली मोटरबाटो निर्माण समितिका उपाध्यक्ष एवम् धौवादी गाविसका निवर्तमान अध्यक्ष झविलाल रानाले बताउनुभयो।
मुढाबासबाट माझडांडासम्म मोटरबाटो पुगेसंगै डण्डा झ्यालबास अथवा चोरमारा झ्यालबास हुंदै पहाड जाने पहाडि मोटरबाटो नरम गाविसको वडा नं. ६ माझडांडासम्म पुगेको छ ।
डण्डा र चोरमाराबाट माझडांडासम्म ३५ किलोमिटर मोटरबाटो रहेको रानाले बताउनुभयो ।
यस बर्ष जिविस, गाविस र स्थानीय व्यापारीको सहयोगमा करिब १५ लाखको लागतमा मोटरबाटो निर्माण गरिएको हो।
डण्डा र चोरामाराबाट झ्यालबास हुंदै पाल्पा जिल्लाको बाकामलाड्ड निरको राइका भन्ज्याड्डसम्म जोडिने गरी नारायणी काली मोटरबाटो निर्माण शुरु गरिएको हो ।
अब नरम ६ को माझडांडाबाट नरम ३ को नगरडांडासम्म बाटो जोडिए उक्त बाटो पाल्पाको राइका भन्ज्याड्डसम्म पुग्ने सकिने छ ।
नवलपरासीको डण्डादेखि झ्यालबाससम्म करिब ७ किलोमिटर सडक पीच समेत भईसकेको छ ।
अहिले निर्माण भएको मोटरबाटो निर्माण पछि नवलपरासीको धौवादी, नरम, रुचाड्ड, रकुवाका साथै देउराली गाविसका बासिन्दाहरु लाभांवित भएका छन् ।
यस बाटोबाट धौवादी, नरम, रुचाड्ड, रकुवाका बासिन्दाले गाउंमा उत्पादित कृषि सागम्री कावासोती, डण्डा, चोरमारा लगायतका बजारमा लगेर बेच्न सहज भएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal