Friday, April 22, 2016

जनज्योति सांस्कृतिक मेलामा दर्शकहरुको उत्साहाजनक सहभागिता

नवलपरासी, १० बैशाख ।
नवलपरासीको प्रगतिनगरमा जारी रहेको जनसज्योति सांस्कृतिक मेलामा आज पनि दर्शकहरुको उत्साह जनक सहभागिता रहेको छ । आजको मेलामा लोकदोहोरी गायक प्रजापति पराजुली, कमल खतिवडा, नेत्रपाडि बास्तोला, अनु गुरुङ, निमा अधिकारी, श्रीराम अधिकारी लगायत स्थानीय कलाकारको प्रस्तुतिका रहेको थियो ।
त्यसैगरी विभिन्न सास्कृति कार्यक्रमहरुको प्रस्तुति रहेको आयोजक समितिका संयोजक पण्डित बन्दुराज खनालले जानकारी दिनु भएको छ ।
गत बैशााख १२ गते गएको महाभुकम्पले भत्किएको धरहराको प्रतिक निर्माण गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेला १४ गतेसम्म संचालन हुने छ।
आजको मेलामा दुनाटपरी प्रतियोगिता, राष्टिय स्तरको भजनकृतन प्रतियोगिता, स्कुल स्तरिय प्रतियोगिता भएको छ ।
मेलामा भोलि जितु नेपाल, दीपाश्री निरौला, सम्झना नेपाली, दीपकराज गिरी लगायतको सहभागिता रहने छ ।
मेलामा वैष्णवदेवीको गुफाको आकृति मुख्य आकर्षकको रुपमा रहेको छ । त्यसैगरी मेलामा बैशाख १२ गतेका दिन गत बैशाख १२ गते गएको महाभुकम्पले क्षति भएको धरहराको २० फिट अग्लो प्रतिक निर्माणका शिल्यान्याश गरिने छ । धरहराको प्रतिक निर्माण गरेर जनज्योति उच्च माविलाई हस्तान्तरण गरिने छ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal