Wednesday, April 6, 2016

जुवाकाे खालबाट १३ जना पक्राउ

रामकुमार श्रेष्ठ
कावासाेती २४ चैत्र ।
नवलपरासीकाे गैडाकाेटबाट प्रहरीले जुवाकाे खालबाट १३ जनालाई पक्राउ गरेकाे छ । 
सुराकीकाे अाधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासीकाे निर्देशनमा ईलाका प्रहरी कार्यालय नवलपुरका टाेली गैडाकाेटबाट १३ जनालाई पक्राउ गरेकाे हाे । पक्राउ परेकाे १३ जनालाई ईलाका प्रहरी कार्यालय गैडाकाेटमा राखिएकाे छ। 
चितवनका २ जना र गैडाकाेटका ११ जना गरी १३ जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीकाे प्रहरी निरीक्षक सुभाष कुमार गैरेले वताए। 
उनीहरूबाट एक लाख ४० हजार नगद बरामद गरिएकाे छ।
प्रकाउ परेकालाई जुवा एेन अनुसार कारवाही गरिने जनाईएकाे छ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal