Saturday, April 30, 2016

अघिल्लो बर्ष उत्तरपुस्तिका परीक्षणमा लापरवाही गरेपछि नवलपरासीमा एसएलसी उत्तरपुस्तिका आएन

रामकुमार श्रेष्ठ
कावासोती, १९ बैशाख । अघिल्लो बर्ष उत्तरपुस्तिका परीक्षणमा लापरवाही गरेको भन्दै यस बर्ष नवलपरासीमा परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले एसएलसीको  उत्तरपुस्तिका  परीक्षणका  लागि  पठाएको  छैन ।
स्रोतका अनुसार गत बर्ष जिल्ला शिक्षा कार्यालय नवलपरासीमै आएर उत्तरपुस्तिका आएको जिल्लाका विद्यालयका प्रिन्सिपलहरुले उत्तरपुस्तिका परीक्षणमा सहभागी शिक्षक तथा जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुलाई प्रलोभनमा पारेर उ
त्तरपुस्तिका  परीक्षणमा  लापरवाही  गरेका थिए ।
सोही क्रममा परीक्षा नियन्त्रण कार्यालयका टोलीले छड्के चेकिंगको क्रममा भेटेपछि चेतावनी दिएर छाडिएको स्रोतले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालय नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी हेमराज अर्यालले यस बर्ष नवलपरासीमा एसएलसीको उत्तर पुस्तिका नआएको स्वीकार गरे । तर, उनले किन नआएको भन्ने थाहा नभएको बताए।
गत बर्ष जिल्ला शिक्षा कार्यालय नवलपरासीमा उत्तरपुस्तिका परीक्षणको क्रममा कतिपय शिक्षकहरुले आर्थिक प्रलोभनमा परी, जिल्ला शिक्षा कार्यालयका कर्मचारीकै मिलेमतोमा फेल भएकालाई पनि पास गराउने, कम अंक आएकोलाई धेरै अंक दिने गरेको स्रोतको दावी छ ।
जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले पनि उत्तर पुस्तिका नआएको स्वीकार गरे । उनले परीक्षा नियन्त्रण कार्यालयमा शिक्षकहरुले बर्षदिन पढाईसकेपछि विद्यार्थीले कस्तो लेख्छ कसरी पढाउनु पर्छ भनेर अध्ययन गर्न सजिलो हुने भएकोले उत्तरपुस्तिका पठाउनु पर्छ भनेर अनुरोध गरेको बताए।
नवलपरासीमा केही बर्ष यता जिल्ला शिक्षा कार्यालय र शिवउच्च मावि स्रोत केन्द्रमा गरी दुई स्थानमा उत्तरपुस्तिका परीक्षण हुने गरेको थियो ।
जस अन्तरगत दुई बर्ष अघि शिव उच्च मावि स्रोत केन्द्रको उत्तरपुस्तिका परीक्षण केन्द्र पुरस्कृत समेत भएको थियो भने गत बर्ष जिल्ला शिक्षा कार्यालयमै आएर उत्तरपुस्तिका आएको जिल्लाका विद्यालयका प्रिन्सिपलहरुले उत्तरपुस्तिका परीक्षणमा सहभागी शिक्षक तथा जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुलाई प्रलोभनमा पारेर उत्तरपुस्तिका परीक्षणमा लापरवाही गरेका थिए ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काफ्लेले यस बर्ष नवलपरासीमा उत्तर पुस्तिका नपठाउने बोर्डको निर्णय अनुसार नपठाएको बताए।
परीक्षा नियन्त्रक काफ्लेले जिल्ला शिक्षा कार्यालय नवलपरासीमा गत बर्ष उत्तरपुस्तिका परीक्षण राम्रो हुन नसकेको भन्दै उत्तरपुस्तिका परीक्षणका लागि नपठाएको बताए। काफ्लेका अनुसार यस बर्ष चेतावनी स्वरुप नवलपरासीमा उत्तर पुस्तिका परीक्षणका लागि नपठाएको हो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal