रामकुमार श्रेष्ठ
नवलपरासी, १९ बैशाख ।
विप्लव मावोवादी निकट विद्यार्र्थी संगठन अखिल क्रान्तिकारी शनिबारराति नवलपरासीको कावासोतीमा अक्सफोर्ड कलेजको बसमा तोडफोड गरेका छन् ।

नवलपरासीको गैडाकोटमा रहेको अक्सफोर्ड कलेजको कावासोतीमा विद्यार्थी लिन आउने ना १ क ३८०६ नम्बरको बसमा कावासोती नगरपालिका १६ डण्डामा तोडफोड गरेका हुन् ।
नम्बर नखुलेको मोटरसाईकलमा आएका विप्लक माओवादीका विद्यार्थीको समुहले बसको अगाडि र दायाँ भाग सिसा तथा झ्यालका सिसाहरु तोडफोड गरेको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
तोडफोडबाट अन्य कुनै क्षति भने भएको छैन । स्थानीय बासिन्दाले ४, ५ जनाको समूहमा आएका टोलीले तोडफोड गरेको र गाउंलेले देखेपछि भागेको बताएका छन् ।
यसैबीच सो तोडफोडको विप्लब माओवादी निटकको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जिम्मा लिएको छ ।
अखिल क्रान्तिकारीका जिल्ला संयोजक शिव डुम्रेले अक्फोर्ड कलेजले गुण्डा गर्दीको आधारमा कलेज संचालन गरेको, सम्बन्धन प्राप्त नगरेको विषयमा तथा तहमा पनि विद्यार्थीलाई झुक्याएर भर्ना लिने गरेको, कलेज छेउ रहेका सुकुम्वासीलाई डर धम्कि दिने गरेको, सरकारले तोकको भन्दा बढी शूल्क लिने गरेकोले, विद्यार्थी संगठनलाई कलेजमा राजनीति गर्न नदिएको कारण स्वरुप विरोधमा तोडफोड गरेको बताए ।
साथै तोडफोड स्थानमा विभिन्न ८ बुदे माग सहितको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ ।
Post a Comment