नवलपरासी, ३० चैत्र ।
नयाँ बर्षको अवसरमा भोलि नवलपरासीको कावासोतीमा
खुल्ला १० हजार मिटर दौड प्रतियोगिता हुने भएको छ।
मास्टर एथ्लेटिक्स ट्रेनिक सेन्टर कावासोतीको
आयोजनामा हुने जिल्ला स्तरीय दौड प्रतियोगिता भोलि विहान ७ बजे कावासोतीको फलफूल चोकबाट
शुरु हुने सेक्टरका कोषाध्यष बाबुराम पोख्रेलले बताउनुभयो।
प्रतियोगितामा प्रथम हुनेले ५ हजार,
द्धितीय हुनेले ३ हजार, तृतीय हुनेले २ हजार र चौथो स्थान हासिल गर्नेले एक हजार नगद पुरस्कार,
प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् ।
त्यस्तै पाँचौदेखि १० औं स्थान हासिल गर्नेले
पांच, पांच सय पुरस्कार पाउने समेत जनाइएको छ।
Post a Comment