Tuesday, May 3, 2016

झ्यालबासको महिला सहकारीले सस्तो पसल सञ्चालनमा ल्यायो

नवलपरासी, २१ बैशाख ।
नवलपरासीको देउराली ६ झ्यालबासमा महिला सहकारीले सस्तो खुद्रा पसल सञ्चालनमा ल्याएको छ ।
लेकबेसी सामाजिक महिला उद्यमी सहकारी संस्थाले ३ लाखको लागतमा उक्त सस्तो पसल सञ्चालनमा ल्याएको हो।
पसलको मंगलबार देउराली गाविसका सचिव टेकप्रसाद न्यौपानेले उद्घाटन गरे। महिला समूहहरु मिलाएर बनाएको लेकबेसी सामाजिक महिला उद्यमी सहकारी संस्थाले यस अघि झ्यालबासमा खसी बोकाको विक्री केन्द्रका साथै घाँसको विउविजन र मोलासेस, मिनरल ब्लक लगायतका सामग्रीहरु समेत विक्रीमा ल्याएको थियो ।
सस्तो पसलमा अन्य पसलहरुको तुलनामा सम्पूर्ण सामग्रीहरु सस्तोमा पाइने गर्दछ ।
उक्त सहकारीलाई यस अघि हेफर इन्टरनेशनल नेपालले सात लाख सहयोग गरेको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal