Friday, April 22, 2016

तालिम समापन

कावासोती, १० बैशाख ।
वैदेशिक रोजगारमा जाने युवाहरुका लागि प्रदान गरिएको २ दिने अभिमुखीकरण तालिम आज सकिएको छ ।
हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफको आयोजनामा कावासोतीमा भएको तालिममा नवलपुर क्षेत्रका विभिन्न गाविसका युवाहरुको सहभागिता रहेको वैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने सजकताहरु र नेपालमा पाउन सकिने रोजगारका सम्भावनाहरुको विषयमा छलफल भएको थियो ।
हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफको परियोजना संयोजक दीर्घराज सापकोटा, हिमालयन सामुदायिक मंञ्च हिकोडेफ तथा सामी परियोजना परामर्शदाता रञ्जना लम्साल, विनु राना, वर्ड लिन्क टे«निङ सेन्टरका हिमाल पाण्डे लगायतले प्रशिक्षण दिनुभएको थियो ।
तालिमको समापन कार्यक्रममा बोल्दै राजेन्द्र पोखेल्र, पुनम सेन, जुनुमाया पुलामी, गोबिन्द अधिकारीले तालिम राम्रो भएको बताएका छन् ।
उक्त तालिम जिल्ला परियोजना संयोजक उमा शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal