Saturday, April 23, 2016

कावासोतीमा क्षमता अभिवृद्धि तालिम

नवलपरासी, ११ बैशाख । माझी, मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीको आयोजनामा शनिबारबाट क्षमता अभिवृद्धि तालिम शुरु भएको छ ।
नवलपरासीको कावासोतीमा शुरु भएको तालिम तीन दिनसम्म चल्ने छ । तालिममा महिला अधिकार मञ्च, भूमि अधिकार मञ्च, विद्यालय व्यवस्थान समिति, स्थानीय सहकारी लगायतका पदाधिकारीहरु गरी २२ जनाको सहभागिता रहेको छ।
तालिमको शनिबार विहान एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रम माझी, मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेको अध्यक्षता र चित्रबहादुर माझीको सञ्चालनमा भएको थियो ।
तालिममा मध्यवर्ती क्षेत्र निकुञ्ज द्वन्द विश्लेषक छविलाल न्यौपानेले तालिम दिनुभएको छ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal