रामकुमार श्रेष्ठ
कावासोती, २८ चैत्र।
नवलपरासीमा अधिकांश जंगल डढेलोले सखाप पारेको छ । लामो खडेरी त्यसमाथि तातो हावा चलिरहेका कारण नवलपरासीको सामुदायिक वन र सरकारी वनमा व्यापक रुपमा डढेलो लागेको छ ।
जंगलमा लागेको डढेलो अहिले नियन्त्रण भन्दा बाहिर गएको छ भने वस्तीमा आगो पस्न सक्ने खतरा समेत बढेको छ ।
जिल्ला वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत योगेन्द्र बहरखेर यादवका अनुसार नवलपरासीको सुनवल, चोरमारा, अरुणखोला, डण्डा, कावासोती, भेडाबारी, गैडाकोट लगायतका जंगलमा ठूलो डढेलो लागेको छ ।
गत विहीबार नवलपरासीको कावासोतीमा रहेको ज्योतिकुञ्ज सामुदायिक वनमा लागेको डढेलो गाउंमा पस्दा कावासोती ३ अठ्ठाइविगाहाको एउटा घरमा क्षति समेत भएको थियो ।
अहिले नवलपरासीको सुनवल, चोरमारा, अरुणखोला, डण्डा, कावासोती, गैडाकोट, भेडावारी लगायतका जंगलहरुमा डढेलो लागिरहेको छ भने सुनवल, डण्डा र कावासोतीमा नियन्त्रण नै गर्न नसक्ने गरी जंगलमा डढेलो लागेको छ ।
सहायक वन अधिकृत योगेन्द्रले खडेरीका साथै तातो हावा हुरी चलेकोले नियन्त्रण गर्न नसकिएको बताए ।
नवलपरासीमा बर्षेनी जंगलमा डढेलो लाग्ने गरेपनि यस बर्ष ठूलो मात्रामा डढेलो वन सखाप पारेको हो । जंगलमा डढेलो लाग्न नदिनका लागि फाल्गुन चैत्र महिनामा जिल्ला वन कार्यालयले नवलपरासीका विभिन्न स्थानमा तालिम, गोष्ठी प्रशिक्षणका साथै प्रयोगात्मक अभ्यास समेत गरेको भए पनि यस बर्ष त्यो प्रभावकारी देखिएको छैन ।
सहायक वन अधिकृत योगेन्द्रले यस बर्ष डढेलोले नवलपरासीको वनमा ठूलो नोक्सानी पुर्याएको भए पनि विवरण आउन भने बांकी रहेको बताए ।
उनले डढेलो लागेको स्थानमा निभाउनका लागि जनशक्ति र साधन स्रोतको अभाव रहेपनि मौसमले साथ नदिएका कारण पनि आगो निभाउन नसकिएको बताए।
अहिले जंगलमा लागेको डढेलो निभाउनका लागि आकासे पानीकै भर पर्नु पर्ने अवस्था देखिएको छ।
जंगलमा लागेको डढेलो साना विरुवा तथा वुट्यानमा मात्र नभएर ठूला ठूला रुखमा पनि लागेको कारण धेरै दिनसम्म जंगलमा डढेलो लागेको हो ।
पछिल्लो समय एक सातादेखि नवलपरासीको जंगलमा निरन्तर डढेलो लागेको छ।
कावासोतीमा रहेको सेक्टर वन कार्यालय कावासोतीदेखि पूर्वको जंगलमा लागेको आगो विस्तारै लोकाहा गाउंतिर सर्दै गईरहेको छ भने डण्डा माथि जंगलमा लागेको आगो विस्तारै डण्डाको गाउं तिर सर्दै गईरहेको छ ।
गाउं नजिकै रहेको साना तथा झाडी भएको जंगलमा सेना, प्रहरी, वन कर्मचारी तथा उपभोक्ताले आगो गाउंतिर आउन नदिनका लागि आगो नियन्त्रणमा लिने काम गरेपनि ठूला तथा सालघारी र सरकारी वनमा लागेको डढेलो नियन्त्रणमा लागि भने प्रयास हुन सकेको छैन ।
नवलपरासीको पूर्व पश्चिम लोकमार्ग संग जोडिएको जंगलमा लागेको आगोले वनमा रहेको जडीबुटी, रुख, विरुवा नष्ट हुनुका साथै जंगली जनवारलाई समेत नोक्सानी पुर्याएको छ ।
ठूलो हावाहुरी त्यसमा पनि तातो हावा चलेको कारण एक ठाउंमा लागेको आगो सजिलै अर्को ठाउंमा पुगेको देखिन्छ ।
सेक्टर वन कार्यालय कावासोतीका सहायक वन अधिकृत कृष्ण देवकोटाले पूर्व पश्चिम राजमार्गकै पनि सुनवलदेखि गैडाकोटको अधिकांश जंगलमा डढेलो लागेको बताए ।
देवकोटाले डढेलो नियन्त्रण भन्दा बाहिर गएकोले डढेलो कसरी रोक्ने भन्दा पनि कसरी गाउं पस्न नदिनेभन्नेमा सचेत हुनु परेको बताए।
उनले जंगलमा लागेको डढेलो गाउं नजिक नजिक आएकोले मानवीय वस्तीसम्म फैलन सक्ने खतरा रहेको समेत बताए।
जंगलमा लागेको आगो नियन्त्रणका लागि दमकल समेत प्रयोग गरिएको भए पनि दमकलले समेत आगो नियन्त्रणमा लिन सकेको छैन । ७ वटा नगरपालिका रहेको नवलपरासीमा रामग्राम नगरपालिका र कावासोती नगरपालिका गरी दुई वटा नगरपालिकामा मात्र दमकल रहेको छ ।
त्यसैगरी नवलपरासीको पहाडी क्षेत्रमा रहेका जंगलहरुमा पनि यस बर्ष व्यापक डढेलो लागेको छ ।

Post a Comment