Saturday, April 23, 2016

भुकम्पले भत्किएको धरहराको प्रतिक निर्माणका लागि सांस्कृतिक मेला .... ... मेलामा शनिबार मात्रै २० हजार दर्शकले मेलाको अवलोकन गरे

नवलपरासी, ११ बैशाख ।
गत बैशाख १२ गते गएको महाभुकम्पले भत्किएको धरहराको प्रतिक निर्माण गर्ने उद्देश्यले नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगरमा आयोजना गरिएको जनज्योति सांस्कृतिक मेलामा दर्शकहरुको उत्साहजनक सहभागिता बढेको छ ।
मेलाको छैंठौं दिन शनिबार मात्रै करिब २० हजार दर्शकले मेलाको अवलोकन गरेको थियो ।
मेलामा हिजो अस्तिको तुलनामा शनिबार थप दर्शकहरुको चाप बढेको थियो।
शनिबार विदाको दिन पनि परेकोले मेलामा दर्शकहरुको चाप बढेको हो। मेलामा शनिबार राष्टिय स्तरको भजन प्रतियोगिताका साथै राष्टिय तथा स्थानीय कलाकाहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो ।
गत बैशााख १२ गते गएको महाभुकम्पले भत्किएको धरहराको प्रतिक निर्माण गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेला १४ गतेसम्म संचालन हुने छ।
मेलामा वैष्णवदेवीको गुफाको आकृति मुख्य आकर्षकको रुपमा रहेको छ ।
त्यसैगरी मेला सांस्कृतिकका साथै धार्मिक मेला समेत रहेकोले मेलामा साकाहारी खाना मेलाको अर्को आकर्षकको रुपमा रहेको छ ।
त्यसैगरी मेलामा भोलि आइतबार गत बैशाख १२ गते गएको महाभुकम्पले क्षति भएको धरहराको २० फिट अग्लो प्रतिक निर्माणका शिल्यान्याश गरिने छ । धरहराको प्रतिक निर्माण गरेर जनज्योति उच्च माविलाई हस्तान्तरण गरिने छ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal