कावासोती, ११ बैशाख।
एकीकृत नेकपा माओवादीका सचिव एवम् शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले जारी संविधान एउटा सम्झौताको संविधान भएकोले आवश्यक परे फेरि सम्सोधन गर्न सकिने बताउनुभएको छ ।
संविधानकै कारण समस्या हुने भए समस्या समाधनाको लागि आवश्यक परे संविधानको दोस्रो संसोधनका लागि सरकार तयार रहेको मन्त्री पोख्रेलले बताउनुभएको हो ।
संविधानको सन्दर्भममा अहिले पनि असन्तुष्टि, आलोचना र विरोध भएको भन्दै आफूहरु अझै पनि संशोधनका लागि तयार रहेको उहांले बताउनुभएको हो । त्यस्तै उहांले सिमाङ्कनको सन्दर्भमा वार्ता गरेर समस्या समाधान गर्न आवश्य परे संविधानको दोस्रो संसोधनको लागि पनि तयार रहेको बताउनुभएको हो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन नवलपरासीको चौथो जिल्ला सम्मेलनलाई आज नवलपरासीको कावासोती १६ डण्डमा उद्घाटन गर्दै उहाले यस्तो बताउनु भएको हो ।
संविधानमा अधिकार थप्नु पर्ने कुरामा समर्थन गर्ने तर समर्थनको नाममा नाकामा गएर नाकाबन्दी गर्ने र आन्तरिक कुरा बाहिर लगेर बाह्य शक्ति गुहार्ने कुरामा भने आफ्नो समर्थन नरहने उहाले बताउनु भयो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन नवलपरासीका संयोजक शिव शंकर बस्यालको अध्यक्षता तथा शिक्षा मन्त्री गिरीराजमणी पोखे्रलको प्रमुख आतित्थ्यतामा जारी संमेलनमा, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष भोलानाथ सापकोटा, सांसद् डिआर पौडेल, एमाओवादी केन्द्रिय सदस्य एवं नवलपुर जिल्ला ईन्चार्ज अमर तमु, एमाओवादी केन्द्रिय पार्षद किसन शर्मा लगायतको उपस्थिति रहेको थियो ।
सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आजै सकिने छ । यसै बीच शिक्षा मन्त्री पोख्रेलले आजनै कावासोती १६ डण्डामा रहेको मध्यबिन्दु अस्पातालको समेत निरीक्षण गर्नु भएको थियो।
Post a Comment