Tuesday, April 12, 2016

दुर्घटनामा एक जनाको मृत्यु (अपडेट)

कावासोती, ३० चैत्र । नवलपरासीको पूर्वपश्चिम लोकमार्ग अन्तरगत दुम्किबास ५ दाउन्ने डांडाको घिउ खोला नजिक मंगलबार दिउसो भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउंदै गरेको भारतीय नम्बर प्लेटको एच आर ५५ एम ८८ ६७ नम्बरको ग्याँस बुलेट पल्टिएको हो।
दुर्घटनामा परी ट्क चालक भारतको उत्तर प्रदेश निवासी २५ बर्षका नागेन्द्र यादवको घटना स्थलमै मृत्यु भएको हो । त्यस्तै एक जना घाइते भएका छन् ।
ग्यांस बुलेट सडकमै पल्टिएका कारण केही बेर सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal