कावासोती, १८ बैशाख। माझी, मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीको आयोजनामा नवलपरासीमा भएको चार दिने लैंगिक समेवदनशिल, बजार पहुच तथा मूल्य श्रृंखला विषयका तालिम आज समापन भएको छ ।
नवलपरासीको कावासोती नगरपालिका १५ खोकिटुन्वीमा भएको ४ दिने तालिममा कावासोती, मध्यविन्दु, देवचुली, रजहर र गैडाकोटका साना साना व्यवसायीहरु लगायत माझी मुसहर बोटे समुदायका व्यवसायीहरु गरी २५ जनाको सहभागिता रहेको छ।
तालिममा एक्सन एड नेपालका पूर्वाञ्चल स्रोत केन्द्र कार्यक्रम अधिकृत
शिवनारायण चौधरी र देउराली सोसाइटी तेह्रथुम कार्यक्रम संयोजक नरमाया श्रेष्ठले तालिम दिनुभएको थियो।
तालिमका आज एक कार्यक्रमकाबीच समापन गरिएको हो । समापन कार्यक्रममा माझी मुहसर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेको अध्यक्षतामा भएको थियो ।
तालिमको समापन कार्यक्रममा दिव्यज्योति कृषि सहकारी संस्थाका अध्यक्ष बाबुराम माझी, देवी राना मगर लगायतले बोल्नुभएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment