Tuesday, May 3, 2016

नयां शक्ति युवा अभियानको भेला

कावासोती २१ बैंशाख। नवलपरासीको कावासोतीमा नयाँ शक्ति युवा अभियान नवलपुरको भेला भएको छ।
वृहत अन्तरक्रिया एवम् युवा भेला नाम दिइएको भेलामा नयां शक्ति अभियानका सचिवालय सदस्य मुमाराम खनाल, केशव दाहाल लगायतले राजनीतिक प्रशिक्षण दिएका थिए।
भेलामा बोल्दै खनालले आफूहरुले थालेको आर्थिक समृद्धिको अभियानबाट देशभरमा उत्साह थपिएको बताए। उनले आर्थिक समृद्धिको अभियानमा विभिन्न पार्टीका साथै वुद्धिजीवि, अधिकारवादी लगायतको सहभागिता रहेपनि त्यसैलाई आधार मानेर पार्टी बनिसकेको मान्न नहुने बताए।
त्यस्तै भेलाले जगन्नाथ अर्यालको संयोजकत्वमा एक सय १ सदस्यीय युवा अभियान नवलपुर कमिटि गठन गरेको छ । जसको सदस्यहरुमा पदमबहादुर केसी, सन्तोष राना, सीता बोटे, तीर्थ भट्टराई, सुमनकुमार श्रेष्ठ, लगायत रहेका छन् ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal