नवलपरासी, १३ जेठ ।
फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको गएराति हत्या भएको छ । हत्याको आशंकामा मनिषाकै पे्रमी आशिष चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानमा खटेको प्रहरी अधिकारीका अनुसार उनैले हत्या गरिएको लगभग पुष्टि भईसकेको छ । तथापि पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिने उनले बताए ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । जसमध्ये आशिष चौधरी पनि एक छन् । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार हिरासतमा लिइएका आशिष विमलका साथी हुन् । प्रेमीले नै मनिषाको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घर कोही नभएको बेला उनको हत्या भएको हो । आमा बुटवल र विमल बेल्जियम गएकाले मनिषा घरमा एक्लै थिइन् । इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीका प्रहरी निरीक्षक श्यामकृष्ण केसीले मनिषाको हत्या भएको हुने सक्ने बताए ।
मनिषाको घांटीमा निल डाम समेत रहेको छ । उनको शरिर खुट्टा टि टेबुल तिर र शरिर ओछ्यानतर्फ फर्किएको अवस्थामा भेटिएको स्थानीयले बताए । एन्फाका केन्द्रिय सदस्य प्रकाश पंगेनीले घटनाको प्रकृति हेर्दा मनिषाको हत्या भएको बताए ।
नवलपरासीको बर्दघाट नगरपालिका ८ भुताहा निवासी १७ बर्षीया मनिषा घर्तीको शव मृत अवस्थामा विहीबार विहान आफ्नै कोठाको ओछ्यानमा फेला परेको हो । आमा बुटवल गएकी थिइन। आज विहान घर फर्कदा घरका ढोका खुल्लै रहेको र छोरी आफ्नै कोठामा मृत अवस्थामा भेटिएपछि गाउंले र प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक केसीले बताए ।
घर्तीको घर बर्दघाट ८ भुताहा चोकबाट डेढ किलोमिटर दक्षीणतर्फ पर्दछ ।
प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको भएपनि त्यहाँ पोष्टमाटर्म नगरी मनिषाको शवलाई काठमाण्डौ पठाईएको छ ।
हत्याअघि बलात्कार भए नभएको यकिन गर्न शिक्षण अस्पताल महाराजगञ्जमा परिक्षणकालागी शव काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरिक्षक टिकाराम पोख्रेलले जानकारी दिए ।
पक्राउ परेका आशिष विमलका साथी रहेको प्रहरी नायव निरिक्षक पोख्रेलले बताए ।
पक्राउ परेका चौधरीकी आमाले बुधबार राति आफ्ना छोरा आशिषलाई घरमा छाड्न अन्य तीनजना केटाहरुसमेत आएको बताएकी छन् ।
घटना बुधबार राति १० बजेपछि भएको अनुमान गरिएको छ । मनिषाकी आमा घर फर्किन्दा ढोका नलगाइएको र बिजुलीको मेन स्वीच अफ गरिएको थियो ।
घटना योजनावद्ध थियो वा क्षणिक आवेशको परिणाम थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मनिषाले बर्दघाट स्थित न्यु लाईफ उच्च माविमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिईन ।
यसैबिच विमल शुक्रवार विहान साढे ९ बजे नेपाल आईपुग्ने बताईएको छ ।
अखिल नेपाल फुटवल संघ एन्फाका कार्यवहाक केन्द्रिय अध्यक्ष नरेन्द्र श्रेष्ठलाई उधृत गर्दै एन्फा केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष प्रकाश पंगेनीले जानकारी दिए ।
स्थानीयले बताए अनुसार आशिष र मनिषाको प्रेम सम्वन्धबारे दाजु विमललाई पनि जानकारी थियो । आशिष विमलकै समकालीन साथी थिए ।
मनिषाका बुबा नेपाल प्रहरीका हवलदार हुन् । उनको सडक दुर्घटनामा मृत्यु भएको थियो ।
Post a Comment