नवलपरासी, १७ जेठ ।
फुटबलर विमल घर्ती मगरकी बहिनी महिषाको हत्या वा आत्महत्या हो भन्ने विषयमा गर्ने भनिएको पोलीग्राफ सोमबार पनि हुन सकेन ।
हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेको उनका प्रेमी आशिष भन्ने रुद्र नारायण चौधरीले सोमबार टाउको दुखेको छ भन्दै पोलीग्राफ गर्न नमानेको र मंगलबार विहान गर्ने बताएका हुन् ।
उनले अझै पनि आफूले प्रेमिका मनिषाको हत्या नगरेको दावी गरेका छन् । क्षेत्रीय प्रहरी कार्यालय पोखराका पोली ग्राफ शाखाका प्रहरी निरीक्षक रामप्रसाद पाण्डे पोली ग्राफका लागि सोमबार परासी आइपुगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाले चौधरीले सोमबार टाउको दुखेको भन्दै पोलीग्राफ गर्न नसक्ने बताएपछि मंगलबार विहान गर्ने भएको बताए । सापकोटाका अनुसार टोलीले सोमबार घटना स्थलको समेत निरीक्षण गरेका थिए ।
त्यसै पोष्टमाटर्म सम्बन्धि विस्तृत रिपोर्ट आउन अझै आएको छैन । भोलिसम्ममा पोष्टमार्टम रिपोर्ट आउने सक्ने पनि उनले बताए ।
उनले मनिषा घर एक्लै रहेको थाहा पाएपछि गएकोर झगडा हुंदा दुई झापड हानेर घर बाहिर बरन्डामा आएर सुतेको र पछि फर्केर हेर्न जांदा झुण्डिएको अवस्थामा भेटेर झिक्दा मृत्यु भईसकेको दावी गर्दै आएका छन् ।
आशिष अझै जिल्ला प्रहरी कार्यालयमा प्रहरीको नियन्त्रणमा रहेका छन् ।
Post a Comment