Wednesday, May 25, 2016

फुटवल स्ट्राईकर बिमल घर्तीकी बहिनीको हत्या

रामकुमार श्रेष्ठ
नवलपरासी, १३ जेठ । 
फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको गएराति हत्या भएको छ । 
घर कोही नभएको बेला उनको हत्या भएको हो । इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीका प्रहरी निरीक्षक श्यामकृष्ण केसीका अनुसार पोष्टमाटर्म पछि यथार्थ रिपार्ट आउने भएपनि केसीले मनिषको हत्या भएको हुने सक्ने बताए । 
म्निषाको घांटीमा धारिलो हतियारले रेटिएको जस्तो देखिएको र घांटीमा निल डाम समेत रहेको छ । उनको शरिर खुट्टा टि टेबुल तिर र शरिर ओछ्यानतर्फ फर्किएको अवस्थामा भेटिएको स्थानीयले बताए । 
नवलपरासीको बर्दघाट नगरपालिका ८ भुताहा निवासी १७ बर्षीया मनिषा घर्तीको शव मृत अवस्थामा आज विहान आफ्नै कोठाको ओछ्यानमा फेला परेको हो । आमा बुटवल गएकी थिइन। आज विहान घर फर्कदा घरका ढोका खुल्लै रहेको र छोरी आफ्नै कोठामा मृत अवस्थामा भेटिएपछि गाउंले र प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक केसीले बताए । 
घर्तीको घर बर्दघाट ८ भुताहा चोकबाट डेढ किलोमिटर दक्षीणतर्फ पर्दछ । 
प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ । केसीले पोष्टमार्टम पछि मात्र विस्तृत विवरण आउने र अनुसन्धानलाई सहज हुने भन्दै अहिले सबै यसै भन्न नमिल्ने बताए । सोधपुछका लागि प्रहरीले एकजनालाई नियन्त्रणमा समेत लिएको छ । मनिषाले अहिले ११ कक्षाको परीक्षा दिएका थिए । 
स्थानीय बासिन्दाहरुले उनको बलात्कार पछि हत्या भएको बताएका छन् । प्रहरीले घटनाको पोष्टमार्टम रिपोर्ट पछि मात्र यथार्थ भन्ने सकिने जनाएको छ । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal