Monday, May 16, 2016

नारायणी नदिमा २ जना पुरुष मृत भेटिए

ज्ञानु पंगेनी
नवलपरासी ,जेठ ३
पिकनिक खानेक्रममा  नारायणी  नदिमा वेपत्ता भएका एक जना आईतवार  साझ मृत अवस्थामा फेला परेका छन ।
ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार गत शुक्रवार  गैडाकोट १७ शिवघाट स्थित नारायणी नदि किनारमा  पिकनिक खान गएको समय पौडि खेल्ने क्रममा  २ जना वेपत्ता भएका थिए वेपत्ता भएका मध्ये जिल्लाको रुपौलिया गाविस ६ बस्ने १८ वर्षका विष्णु प्रसाद चौधरी मृत भेटिएका हुन । 
उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । उनीसंगै वेपत्ता भएका सोहि ठाउका २८ वर्षको खेम मुखिया भने अझै फेला नपरेको प्रहरीले जनाएको छ ।
उनीहरु दलदलेको एक वयल्डिङ्ग पसलमा काम गर्दै आएका थिए ।
यसैबिच गैडाकोट  ६ नमुना बोटे टोल  स्थित नारायणी नदिमा अर्को एक जना वेवारिशे शव फेला परेको छ ।
आईतवार साझ नदिमा तैरिरहेको अवस्थामा शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार  ३०÷३५ वर्षको जस्तो  देखिने मंगोलियन अनुहारको  ५ फुट  ६ ईन्चको  गहुगोरो वर्णको पुरुषको शव फेला परेको हो ।
शव पोष्टमाटको लागि दुम्कौली प्राथमिक स्वाथ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।


Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal