गैँडाकोट, ३ जेठ । राष्ट्र सेवीका नेपाल र प्राज्ञिक विद्यार्थी परिषद्ले आज सोमबार गैँडाकोट १ मा रहेको श्री नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने जनाएको छ । राष्ट्रिय सेविका नेपालकी जिल्ला सदस्य शान्ति न्यौपानेले नेराशमाविमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका जेहेन्दार, उत्पिडित विद्यार्थीहरुलाई शैक्षिक समाग्रि वितरण गरिने बताउनुभयो ।
यस्तै हिजो गैँडाकोटका विभिन्न विद्यालयका गरि ८७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । गैँडाकोटका महेन्द्र स्मारक निमाविका २५ जना, पञ्चकन्या प्राविका २२ जना, सरस्वती प्राविका ४० जना विद्यार्थीलाई झोला तथा शैक्षिक समाग्री वितरण गरिएको थियो ।
सो अवसरमा राष्ट्र सेविका नेपालको तर्फबाट शान्ति न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो भने प्राज्ञिक विद्यार्थीको तर्फबाट चन्द्रशेखर जोशी विशिष्ठ अतिथि रहनुभएको थियो ।
गैँडाकोट नगरपालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक गुणस्तरको वृद्धिको लागि शैक्षिक सामग्री वितरण गरिएको राष्ट्रसेविका का जिल्ला सदस्य शान्ति न्यौपानेले बताउनुभयो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment