![]() |
| पक्राउ परेका दुई हत्यारा सुरेन्द्र शाहा र मुसाफिर खान |
रामकुमार श्रेष्ठनवलपरासी, ५ जेठ ।
पछिल्लो समय नवलपरासीको नवलपुर क्षेत्रमा हत्या, चोरी, तस्करी, अवैध कारोबार, अवैध चोरी निकासी लगायतका घटना रोक्न प्रहरीले सक्रियता नबढाएको भन्दै आलोचना खेपिरहेको बेला प्रहरीले दुम्किबास हत्याका घटनाका दुई जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत बैशाख २४ गते नवलपरासीको दुम्किबासमा विभित्स हत्या गरिएका वृजमोहन गुप्ताको हत्यामा संलग्न दुई जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीले हत्यामा संलग्न दुई जना गुप्ताका पाटर्नर भारतीय नागरिक १७ बर्षीय सुरेन्द्रकुमार शाह र उनका सहयोगी २५ बर्षीय मुसाफिर खानलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
गुप्ताको हत्या गरी फालिएको अवस्थामा दुम्किबासमा उनकै डेरा पछाडि मृतकको शव र बैशाख २५ गते र टाउको १० दिन पछि दुम्किबास बजारदेखि डेढकिलोमिटर पूर्वको जंगलमा फेला पारेको थियो ।
घटनाको अनुसन्धानको क्रममा प्रहरीले मृतकको टाउको दुम्किबास जंगलबाट भेटाएको हो । सोमबार राति र मंगलबार विहान गरी गरिएको खोजीको क्रममा मृतकको टाउको भेटिएको हो ।
टाउको भेटिएसंगै मृतक नवलपरासीको देउराली ६ झ्यालबास निवासी भारतीय मुलका २१ बर्षीय वृजमोहन गुप्ताको रहेको पुष्टि भएको छ । घटनाको अनुसन्धानको क्रममा शाह र खानलाई हत्यामा संलग्न रहेको पाइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताउनुभयो ।
शव भेटिएको निर भेटिएको मृतकको पोशाक, मोबाइलको सिम आदिको आधारमा शव आफ्नो दाईको भएको उनका भाई जगमोहनप्रसाद गुप्ताले गरेका थिए।
उनको शव स्थानीयले निक्कै गलिसकेको अवस्थामा भेटिएको थियो । शव गलिसकेको अवस्थामा भेटिएको कारण शव पोष्टमार्टम गरेर गाडिएको र शवको पहिचान हुन नसकेको कारण डिएनए गर्न पठाएको थियो।
२५ हजारको आर्थिक लेनदेनको विषयमा विवाद हुंदा उनकै पाटर्नर गुप्ताको घांटी थिची हत्या गरी टाउको काटेर टाउको जंगलमा र शव कवाडी राख्ने ठाउंमा फालेका थिए । प्रहरीले मंगलबार घटना स्थलबाट टाउको काट्न प्रयोग गरेको हतियार समेत बरामद गरेको हो । प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार उनीहरुले गत बैशाख १७ गते राति संगैकोठामा मादकपदार्थ सेवन गरी पूर्व योजना अनुसार घांटी थिचेर हत्या गरी कोठामै टाउको काटेर प्रहरीलाई घटनाको अनुसन्धान गर्न गाह्रो होस भने टाउको प्लाष्टिकले तीन पत्र र त्यसपछि जुटको बोराले बेरि राति नै जंगलमा लगेर फालेका थिए ।
भारत घर हाल नवलपरासीको देउराली ६ झ्यालबासमा बस्दै आएका २० व्रिजमोहन गुप्ताले एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएपछि आर्थिक अभावका कारण र नागरिकता बनाउन नसकेका कारण पढाईलाई अगाडि बढाउन नसकी कवाडी संकलन गर्ने र विक्री गर्ने व्यापारमा लागेका थिए ।
बैशाख १७ गतेसम्म परिवारको फोन सम्पर्कमा रहेका गुप्ता १८ गतेदेखि परिवारको सम्पर्कमा थिएनन् ।
मृतकका बुवा महेन्द्र मात्रिका रौनियारले आफ्नो छोराको हत्या पछि सुरेन्द्र शाहका सहयोगीहरुले आफ्नो छोराले दुई लाख ५० हजार कमाएको सो रकम पनि आफूसंग भएको र बोतलको २५ हजार गरी दुई लाख ७५ हजार आफूसंग रहेको भन्दै पक्राउ परेकालाई छाड्ने गरी मुद्दा फिर्ता लिए उक्त रकम दिने प्रलोभन देखाएको बताए ।
मृतकका बुवा महेन्द्र मात्रिका रौनियारले आफ्नो छोराको हत्या पछि सुरेन्द्र शाहका सहयोगीहरुले आफ्नो छोराले दुई लाख ५० हजार कमाएको सो रकम पनि आफूसंग भएको र बोतलको २५ हजार गरी दुई लाख ७५ हजार आफूसंग रहेको भन्दै पक्राउ परेकालाई छाड्ने गरी मुद्दा फिर्ता लिए उक्त रकम दिने प्रलोभन देखाएको बताए ।
मृतकको शव बरामद भएपछि उनका आफन्तले शव वृजमोहन गुप्ताको भएको भन्दै दावी गरेर प्रहरीमा उजुरी गरेपछि घटना मिलाउन भारतीय मुलका कावासोती र यस आसपासका क्षेत्रमा कवाडी कारोबार गर्नेहरुबीच सक्रियता बढ्यो । उनीहरुले हामी सबै भारतीय हौं । हामी हामी मिलौं भन्दै घटना दबाउन प्रयास समेत गरेका थिए ।
कसरी भयो घटना ?

१७ गते सांझ २५ हजार रुपैयांको विषयमा दुई पाटनरबीच विवाद भएपछि पार्टनर सुरेन्द्र शाह र उनका सहयोगी मिलेर खुट्टा समातेर घांटी थिची हत्या गरेका थिए ।
हत्या पछि घांटी काटेर शव कोटा पछाडि कवाडी फाल्ने ठाउंमा र टाउको जंगलमा लगेर फालेका थिए । पाटर्नरको हत्या गरेपछि सर्दीमा रहेको आफ्नो कवाडी लिन गएको सुरन्द्र शाहलाई स्थानीयले आज किन एक्लै भनेर प्रश्न गर्दा साथी विरामी भएर उपचारका लागि भारतको गएको भनेर ठांटेका थिए ।
त्यस्तै कोठा नजिकका छिमेकीहरुले साथी खोई भनेर सोध्दा मेरो पैसा चोरेर भाग्यो भनेर भन्ने गरेका थिए भने रकमको बारेमा पनि कतै २५ हजार र कतै १९ हजार चोरेको भनेपछि उनी माथि शंका गरिएको थियो । गुप्ता हराएको ८ दिन पछि नजिकैको होटल निर खाना खान बसेका पाहुंनाहरुले के गन्हायो भनेर खोज्दा टाउको काटिएको अवस्थामा शव भेटिएको थियो ।
अनुसन्धानको क्रममा मृतकको कपडा बरामद भएको र मृतकका भाई र बुवाले आफ्नो छोरा दाई हो भन्दै दावी गरेर उजुरी गरेपछि प्रहरीले शाहलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।
अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी, शिविल प्रहरी र इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरीले संयुक्त रुपमा घटनाको अनुसन्धान अगाडि बढाएको थियो ।
को हुन् गुप्ता ?
सानै छंदा भारतबाट बुवा आमासंगै नेपाल आएका गुप्ताले एसएलसीसम्मको अध्ययन देउराली गाविसकै झ्यालबासमा रहेको अर्पण बोर्डिड्ड स्कूलमा गरेका थिए । उनले अर्पणबाट तीन बर्ष अगाडि एसएलसी प्रथम श्रेणीमा उत्तिण गरेका थिए । बुवाले चटपट बचेर गुजारा चलाएको र सानैमा आमा पनि गुमाएका कारण उनले पठाइलाई अगाडि बढाउने सकेन । एकातिर नेपाली नागरिकता निकाल्न नसकेको र अर्कातर्फ आर्थिक अभावले उच्च शिक्षा हासिंल गर्न नसकेपछि उनी कवाडी संकलन गर्ने विक्री गर्ने तर्फ लागेका थिए।


Post a Comment