Monday, May 16, 2016

लागुपदार्थ दुव्र्यसनी न्युनिकरण अभियान

परासी, ३ जेष्ठ ।  लागु पदार्थ दुव्र्यसनी कुलतमा तिब्र रुपले फंस्दै गरेका युवायुवतीहरुलाई रोकथाम गर्न गाउँगाउँ सामाजिक अभियान चलाइएकोे छ । विद्यालयको एक्लो प्रयासले मात्र दुव्र्यसनी न्यूनीकरण सम्भव नदेखिएपछि यो गाँउगाँउमा सामाजिक अभियान चलाइएको हो ।
निगरानाीको अभावले लागु पदार्थ सेवनको कुलतमा बढिभन्दा बढि युवायुवतीहरु पर्ने हुने हुँदा दुव्र्यसनी न्युनिकरणको उत्तम उपाय अभिभावकले नै आफनो छोरा छोरीहरुको नियमित निगरानी गर्न पर्ने एक कार्यक्रमका वक्ताहरुले निस्कर्ष निकाले हुन् ।
सुनवल सामुदायिक अध्ययन केन्द्रले नवलपरासीले, सुनवल नगरपालिका र ईलाका प्रहरी कार्यालय सुनवलको सहयोगमा संचालन गर्दै आएको किसोर किसोरी तथा युवायुवतीहरुलाई लागुपदार्थ दुव्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रममा वक्ताहरुले विद्यालयको पठनपाठन पछि छोराछोरीले के–के गर्छन् भन्ने विषयमा अभिभावकले अनिवार्य रुपमा नियमित निगरानी गर्नु पर्ने जोड दिएका छन् । अभिभावकको गैरजिम्मेवारीमा छोराछोरीहरु लागु औषध सेवन गर्ने, जुवातास खेल्ने र चोरी तस्करीमा संलग्न हुन गरेको पाइएको छ ।
विद्यालयले विद्यालय समयमा विद्यार्थीहरुलाई निगरानी गरेपनि विद्यार्थीले विद्यालयपछिको १८ घन्टा समय घरमै विताउने हुँदा उसको निगारनी अभिभावकले गर्नु पर्ने वक्ताहरुको भनाई थियो ।
समाजमा दोश्रो विकृतिको रुपमा तिब्र रुपले बढदै गरेको लागु पदार्थ दुव्र्यशनीलाई न्युनिकरण घरदैलो अभियान संगै किसोरकिसोरी तथा युवायुवती र अभिभावकहरु समेतलाई जनचेतना एवं वृत्तचित्र देखाई सचेतीकरण गरिदै आइएको सुनवल सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष उमानाथ पोख्रेलले बताउनु भयो ।
लामो समयदेखि लागु पदार्थ दुव्र्यसनमा युवायुवतीहरुको संलग्न भई चोरी तस्करी, जुवातास, रक्शी सेवन, अनैतिक क्रियाक्लाप, सामाजिक एवं सार्वजनिक लगायतका अपराधमा फंस्दै समाजमामा ठुलो विकृति फैलिदै आएको अध्यक्ष पोख्रेलले बताउनु भयो ।
समाजको विकृति हटाउन र लागु पदार्थ दुव्र्यसन न्युनिकरण गर्न एस.सी.एल.सीले यो सामाजिक अभियानद्धारा किसोरकिसोरी, युवायुवती तथा अभिभावक समेतहरुलाई सेचत गराउदै आएको अध्यक्ष पोख्रेलले बताउनु भयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal