Friday, May 20, 2016

नवलपरासीको जीत

पप्पु रेग्मी
बर्दघाट, ७ जेठ । राष्ट्रिय स्तरको आईटिएफ.तेक्वाण्डो खेलको नतिजा नवलपरासीले जीत हात पारेकोे छ । गत बैशाखको २४ र २५ गते दुई दिन सम्म चलेको १५ औं सिनीयर तथा ९ औं जुनियर  राष्ट्रिय स्तरको आईटिएफ.तेक्वाण्डो प्रतियोगिता नुवाकोटमा सम्पन्न भएको थियो ।
राष्ट्रिय आईटिएफ.तेक्वाण्डो प्रतियोगिता खेलमा नवलपरासी जिल्लाको बर्दघाट नगर पालिका भित्र बसोवास गर्दै आएका दुई जना खेलाडिहरुले जिल्लाको पहिचान राख्न सफल भएका छन । बर्दघाट नगर पालिका वडा नम्वर १ माकर बस्ने निरज कुंवरले कांटा खेलमा प्रथम स्थान प्राप्त गरेका छन भने अर्का खेलाडि बर्दघाट नगर पालिका कै वडा नम्वर ९ भुताहाका सुमन मश्राङ्गि मगरले सोहि राष्ट्रिय खेलमा स्पायरिङ तर्फमा तेश्रो स्थान हात पार्न सफल भएको पश्चिमाञ्चल तेक्वाण्डो खेलका प्रशिक्षक विर कुंवरले बताउनुभयो ।
राष्ट्रकालागि खेलकुद स्वास्थ्यकालागि खेलकुद भन्ने नारालाई आत्मसाथ गरि खेल खेलेर प्रथम र तेश्रो स्थानमा आउन सकेकोमा बर्दघाट नगरपालिकाको मात्रै न भई दुवै खेलाडिहरुले नवलपरासी जिल्लाकै गौरव बढाएको हाम्रा सहकर्मि पप्पु रेग्मीले बताउनुभयो ।  

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal