Tuesday, May 24, 2016

कावासोतीको सवारी दुर्घटनामा तीन घाइते

नवलपरासी, ११ जेठ । नवलपरासीको कावासोती ३ पुरानो कावासोती बजार निर आज भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती ३ पुरानो कावासोती निर ना ५ त ३१० नम्बरको ट्याक्टर र बुटवलबाट नारायणगढतर्फ जांदै गरेको ना ३२ प ४०४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खांदा मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका हुन् । घाइते मध्ये मोटरसाइकल चालक चितवनको भरतपुर उपमहानगरपालिका ९ निवासी २० बर्षीय सुरज थापाको अवस्था चिन्ताजनक रहेको छ। सोही मोटरसाइकलमा सवार भरतपुर ९ निवासी २८ बर्षीय ऋषि श्रेष्ठ गम्भीर घाइते भएका छन् । घाइते दुवैको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भईरहेको छ ।
त्यस्तै जिल्ला विकास समिति कञ्चनपुरको जिल्ला प्राविधिक कार्यालयको ६६–१–०७६ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिंदा एक जना घाइते भएका छन् ।
कावासोती नगरपालिका ९ निवासी ६१ बर्षीय घनश्याम अर्याल घाइते भएका हुन् । उनको कालीगण्डकी अस्पतालमा उपचार भईरहेको छ । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal