कावासोती, ११ जेठ । कावासोती नवलपरासीकालाई वातावरणमैत्रि बनाउने काममा सहयोग र दाउराको प्रयोग गरि खाना पकाउने गृहिणीहरुको स्वाथ्यमा असर नपरोस भन्ने उदेश्यका साथ स्सुधारिएको चुलो निर्माण सम्बन्धि तिन दिने तालिम आजबाट कावासोतीमा सुरु भएको छ । खासगरि विपन्न समुदायका महिलाहरुलाई ध्यानमा राखेर यो तालिमको आयोजना गरिएको हो । तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिममा सहभागिमहिलाहरुले तालिम सकिएपछि नगरपालिकाले छनौट गरेको ६ सय घरधुरिमा गएर उनीहरुले सुधारिएको चुलो बनाउनेछन् ।
तालिमको उद्घाटन कार्यक्रम हिकोडेफका उपाध्यक्ष्य कमला ठाडाको अध्यक्षयता तथा कावासोति नगरपालिकाका सामाजिक बिकाश प्रमुख महेन्द्र बस्ताकोटिकोको प्रमुख आतिथ्यतामा भएको थियो । कावासोति नगरपालिकाको सयग र हिकोडेफको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
Post a Comment