नवलपरासी, ११ जेठ । क्षति पूर्तिसम्बन्धि उचित कानुन नहुंदा र क्षतिपूर्ति दिने प्रावधान भएपनि नदिंदा चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज आसपास बसोबास गर्ने बासिन्दाबीच द्वन्द बढेको एक कार्यक्रममा जोड दिइएकोछ ।
नवलपरासीको कावासोती नगरपालिका १५ अमलटारी होम स्टेमा मंगलबार माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीको आयोजना र अमलटारी मध्यवर्ती उपभोक्ता समितिको समन्वयमा भएको निकुञ्ज संरक्षण व्यवस्थापन र उपभोग सम्बन्धी वृहत अन्तकृयामा सहभागीहरुले यस्तो जोड दिएका हुन् ।
उनीहरुले निकुञ्जबाट निस्कने वन्यजन्तु तथा जंगली जनवारले बालीनाली खाने जनधनको समेत क्षति हुने गरेपनि उचित क्षतिपूर्ति नपाएको बताएका छन् ।
माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेको अध्यक्षतामा भएको कार्यक्रममा चितवनका पत्रकार दीपक आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेका मध्यवर्ती उपभोक्ता समितिहरुको पदाधिकारी तथा सदस्यहरुका साथै निकुञ्ज प्रभावित बासिन्दाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मध्यवर्ती उपभोक्ता समितिमा महिला सहभागिता ३३ प्रतिशत हुन नसकेको भन्दै आवाज समेत उठाएका थिए । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका द्वन्द विश्लेषक छविलाल न्यौपानेले कार्यपत्र माथि जवाफ दिएका थिए ।
Post a Comment