Tuesday, May 24, 2016

हर्कपुरमा मिनी ट्रक अनियन्त्रित भई दुर्घटना हुंदा दुई जनाको घटना स्थलमै मृत्यु १६ जना घाइते

ज्ञानु पंगेनी
नवलपरासी, १२ जेठ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको  गैडाकोट नगरपालिका ११ हर्कपुरमा बुधवार विहान ५ बजे  मिनि ट्रक दुर्घटना हुदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ । अन्य १६ जना घाईते भएका छन ।
ईलाका प्रहरी कार्यलय गैडाकोटका प्रहरी हवल्दार कमल कुवंरले दिएको जानकारी अनुसार सल्यानबाट काठमाण्डौका लागि छुटेको बा २ क ११३७ नम्बरको मिनि ट्रक आफै अनियन्त्रित भई सडक छेउमा रहेको स्वामीको रुखमा ठोकिन जांदा सो दुर्घटना भएको हो ।
एक जना पुरुष र एक जना महिलाको मृत्यु भए पनि मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परी अन्य १६ जना घाईते भएका छन  । घाईते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । मिनी ट्रकमा चालक सहित १८ जना सवार रहेकाले यति धेरै जना मिनी ट्रकमार्फत किन काठमाण्डौ जादै थिए भन्ने बारे पनि अनुषन्धान भैरहेको कुवरले बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal