Tuesday, May 3, 2016

नवलपरासीको नवलपुर क्षेत्रमा विद्युत चुहावट नियन्त्रण अभियान तीब्र, महसुल नबुझाउनेबाट झण्डै एक करोड बक्यौता असुल

नवलपरासी, २१ बैशाख ।
नेपाल विद्युत प्राधिकरण कावासोती शाखाले नवलपरासीको नवलपुुर क्षेत्रमा विद्युत चुहावट नियन्त्रणका लागि अभियान तीब्र पारेको थालेको छ ।
जस अन्तरगत लामो समय विद्युत महसुल नबुझाउनेबाट मात्रै झण्डै एक करोड रकम असुल गरेको छ ।
नेपाल विद्युत प्राधिकरण कावासोती शाखाका प्रमुख उमेशप्रसाद यादवले लामो समय विद्युत महसुल नबुझाउने ४ सय १० जना ग्राहकबाट लाइन काटेर ९५ लाख ९३ हजार रुपैयाँ असुल गरेको बताए ।
नवलपुर क्षेत्रमा जसबाट १ करोड ३७ लाख ८९ हजार रुपैयाँ उढ्न बाँकी रहेकोमा ९५ लाख ९३ हजार रुपैया असुल गरेको यादवले वताए। यादवका अनुसार अझै ४२ लाख रुपैयां असुल गर्नै बांकी रहेको छ ।
लामो समयदेखि विद्युत महसुल भुक्तानी नगरेकाहरु रहेकाहरु मध्ये ५ सय १० जनाको विद्युत लाइन काटिएको छ ।
गर्मीको समयमा पानीको मुहान सुक्ने र पर्याप्त मात्रामा पानी नभए पछि पावर हाउसमा पानीको तह घट्ने कारणले विद्युत पु¥याउन अप्ठेरो भएको समयमा चुहावट हुदा अझै समस्या पर्ने भन्दै विद्युत चुहावट नियन्त्रण अभियान संञ्चालन गरेको हो ।
अभियान अन्तरगत टोलीहरु परिचालन गरी हुकिङ नियन्त्रण कार्य, मिटर छड्के कार्य, एम सि बी कार्य, बन्द मिटर परिवर्तन लगायतका कार्य गरेको नेपाल विद्युत प्राधिकरण कावासोती शाखाका प्रमुख उमेशप्रसाद यादवले बताए।
यस्तै केही समय अगाडि विद्युत मिटर नपाउँदा विद्युत चोरी भएको र अहिले प्राधिकरणले मिटर वितरण गरेको हुँदा सर्वसाधारणले चोरेर बाल्नुपर्ने अवस्था नरहेको समेत यादवले बताए।
विधुत चुहावटमा अहिलेसम्म ७७ जनालाई कारवाही गरेको र सोबाट ४ लाख ५० हजार बराबरको असुली गरेको छ ।
प्राधिकरणले २ महिना भन्दा बढि बाँकी बक्यौता भएकाहरुले शीघ्र बाँकी बक्यौता चुक्ता गर्न समेत आग्रहरु गरेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal