Monday, May 30, 2016

कावासोतीमा ५ तोला सुन दिउंसै चोरी

नवलपरासी, १७ जेठ ।
नवलपरासीको कावासोती २ पञ्चकन्या चोकमा सोमबार पांच तोला सुन चोरी भएको छ । घरमा कोही नभएको र ढोका समेत खुल्ला रहेको अवस्थामा लक्ष्मी कार्कीको घरबाट पांच तोला बराबरको सुनको गरगहना चोरीभएको उनका आफन्त चिरञ्जीवि जिसीले बताए ।
इलाका प्रहरी कार्यालय नवलपुरले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।
विहान १० बजेको समयमा घर कोही नभएको बेला चोरी भएको र साढे १० बजेतिर घटनाको बारेमा थाहा पाएको उनले बताए । करिब तीन लाख बराबरको गरगहना चोरी भएको बताइएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal